ताजा अपडेट »

किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ?

विहीबार, ०६ माघ २०७८, ०७ : ५८
4 Shares

जाजरकोट। महामारीको रुपमा फैलिएको कोभिड-१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् ।  १२ वर्ष देखि १७ वर्ष सम्म बालबालिकाले मोडना खोप र १७ वर्ष देखि माथीका सर्वसाधारणले भेरोसेल , ६० वर्ष माथीका सर्वसाधारणलाइ बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भएपनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन् ।


 स्वास्थ्य सेवा कार्यालय डोल्पाले  माघ १० देखि माघ १३ गते सम्मा खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्बसाधारणलाइ मात्र खोप लगाउन सूचना निकालेको छ । तर उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ । 


सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गते सम्मा विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीसीले निर्णय गरेपनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् । 


भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाइ लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्बसाधारणहरु खोप विहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ । बाटो भरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।


त्यस्तै अन्य बालबालिकालाइ लगाइने नियमित खोप , सुरक्षित सुत्केरी सेवा कात्तिक देखि फागुन मशान्त सम्मा नै बन्द भएको छ । शे फोक्सुण्डो , छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिका भित्रका सर्बसाधारणहरु घरको आंगन भरी हिउँले ५ महिना सदरमुकाम दुनै लगाएतका देशका बिभिन्न ठाउँमा जाने काम पुर्णरुपमा ठप्प हुने गर्दछ ।  त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी , महिला स्वंयमसेविकले समेत खोप नपाएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।