ताजा अपडेट »

स्याङ्जामा एक पुरुषद्वारा २ बालबालिकामाथि चक्कु प्रहार, एकको मृत्यु

शुक्रबार, ३० पुस २०७८, १० : १०
2 Shares

बुटवल  । स्याङ्गजामा एक पुरुषले अवोध दुई बालबालिकालाई चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु भएको छ भने ५ वर्षीय बालिका घाइते भएकी छन् ।

जिल्लाकाे वालिङ नगरपालिका-१० भकुण्डेमा डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङले  सोही घरमा डेरा गरी बस्ने सोही नगरपालिका-१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका साईमन गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ ।  उनकी घाईते दिदी  साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार बुधबार दिउँसो ती बालबालिकाका बाबु पोल्टीफार्मामा काम गर्ने भएकोले घरमा थिएनन् । आमा रनमाया मात्रै थिईन् ।

के कारण ती बालबालिकामाथि उनले चक्कु प्रहार गरे भन्ने विषयमा अनुसन्धान हुँदैछ । घटना बारे जानकारी  पाउन साथ  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।