ताजा अपडेट »

रुपन्देहीको बेलहिया हेल्थ डेस्कमा कार्यरत थप २ जना संक्रमित, कर्मचारीहरु त्रासमा

सोमबार, २६ पुस २०७८, ०९ : ०४
20 Shares

भैरहवा । बेलहिया हेल्थ डेस्कमा कार्यरत थप २ जनामा कोभिड पोजिटिभ देखिएको छ । कोभिड सम्बन्धि लक्षण देखिएका २ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा उनिहरुमा नतिजा पोजिटिभ देखिएको बेलहिय हेल्थ डेस्कका फोकल पर्सन लोकनाथ कडेलले बताए ।

हेल्थ डेस्कका सुचना अधिकारी अनिल कुमार यादवका अनुसार सीमा नाका बेलहियामा अहिले बिहान साढे ८ बजे सम्म १ सय १० जनाको परिक्षण गर्दा १३ जनामा कोभिड पोजिटिभ देखिएको छ ।

कोभिड पोजिटिभ देखिनेमा हेल्थ डेस्कमा ल्याबमा काम गर्ने गणेश प्रसाद साह, सीमामा कार्यरत नेपाल रेडक्रस सोसाइटीकि स्वयंसेविका रुक्मिणी चौधरी रहेका छन । यस संगै हेल्थ डेस्कमा कार्यरत ८ कर्मचारी मध्ये ४ मा संक्रमण पुष्टि भएको छ । हेल्थ डेस्कमा कार्यरत कर्मचारी मात्र हैन सीमामा रहेका २ जना पर्यटक प्रहरीमा समेत एन्टीजेन परिक्षण पोजिटिभ पुष्टि भएको छ । सीमामा कार्यरत कर्मचारीहरुमा नै कोभिड संक्रमण देखिन थालेपछि अहिले कर्मचारीहरु त्रासमा रहेका छन । यस संगै डेस्कमा थप मानवश्रोत खटाउनु पर्ने आवश्यकता आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।