ताजा अपडेट »

जग्गाको मालिक महिला भएको गाउँ

शनिबार, ०२ कार्तिक २०७६, ०९ : २७
6 Shares

कात्तिक २ ,

नेपालगन्ज । बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ ।त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगन्जबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा मधेसी र मुस्लिम समुदायको बसोबास बढी छ ।उक्त गाउँका बासिन्दासँग धेरै जग्गाजमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताउनुभयो ।सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घरजग्गालगायतको सम्पत्ति रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । आफूले पनि सबै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा राखेको जनाउँदै उहाँले श्रीमतीलाई अधिकारसम्पन्न बनाएको बताउनुभयो ।

बन्जारेगाउँका अधिकांश पुरुष मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको । जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी छन् । स्थानीय २४ वर्षीया आश्मा वागवानले छोरा हुदाँहँुदै ससुराले आफ्नो नाममा जग्गा राखेकाले खुसी भएको बताउनुभयो । ससुराले आफूलाई छोरीसमान व्यवहार गरेको पनि उहाँले बताउनुभयो ।बन्जारेगाउँकी ५४ वर्षीया फातिमा वागवान पनि एक कट्ठा जमिनको मालिक हुनुहुन्छ । डेढ वर्ष मात्रै भयो उहाँको नाममा एक कट्ठा जमिन दर्ता छ ।फाति(माका श्रीमान्, एक छोरा र तीन छोरी छन् तर पनि उहाँका ससुराले जग्गा उहाँकै नाममा राख्नुभएको छ ।आफ्नो नाममा जग्गा भएपछि आफूलाई निकै खुसी लागेको जनाउँदै उहाँले यसबाट महिलाको मानसम्मान वृद्धि भएको महसुस भएको बताउनुभयो । फाति(माजस्तै ६५ वर्षीया आयसा वेहनाको नाममा पनि जग्गा छ । भएको पाँच धुर जग्गा पाँच वर्षअघि मात्रै उहाँका श्रीमान्ले नै उहाँको नाममा दर्ता गरिदिनुभएको थियो ।

रकारलाई तिर्नुपर्ने करमा छुट पाइने, परिवारमा झैझगडा र कलह नहोस् भन्ने उद्देश्यले श्रीमतीको नाममा जग्गा, जमिन र बैङ्कको खाता राखेको आयसा बेहनाका पति हुसेनी वेहनाले बताउनुभयो । उहाँ साइकल मर्मत र मजदुरी पनि गर्नुहुन्छ । उहाँले आफूसँग भएको पाँच धुर घरजग्गा श्रीमतीको नाममा राख्नुभएको छ । श्रीमतीको नाममा जग्गा भए श्रीमतीले छोडेर नजाने तर्क उहाँको छ ।शिक्षा र विकासका दृष्टिले पछाडि परेको मधेसी र मुस्लिम समुदायका पुरुषहरूले महिलाहरूको नाममा सम्पत्ति राख्नु निकै स्वागतयोग्य कुरा भएको महिला अधिकारकर्मीले बताएका छन् । सो गाउँका पुरुषहरूबाट जिल्लाभरिकै पुरुषले मात्र नभई देशभरिकै पुरुषले सिक्नुपर्ने स्थानीय महिला अधिकारकर्मी रचना श्रेष्ठले बताउनुभयो । उहाँले महिला सशक्तीकरणका लागि यो निकै राम्रो सुरुआत भएको बताउनुभयो ।- सिराजुद्दिन खान/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।