ताजा अपडेट »

बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’

मंगलबार, २१ मंसिर २०७८, १५ : ०३
8 Shares

बुटवल । दीप बोर्डिङ हाई स्कुलमा सोमबार दीप स्वाट पुर्नगठन भएको छ । विद्यार्थीलाई आधुनिक प्रविधिमा क्रियाशील गराउने उद्देश्यले २०७२ सालमा स्थापना भएको दीप स्टुडेट वर्किङ अन एडभान्स टेक्नोलोजी (दीप स्वाट) को पुर्नगठन गरिएको हो ।

पुर्नगठित दीप स्वाटको अध्यक्षमा राहुल शाह, उपाध्यक्षमा मान्यता क्षेत्री, सचिवमा विराज पौडेल, कोषाध्यक्षमा उत्सवराज भट्टराई, सहसचिवमा सहज गरागाईं सह कोषाध्यक्षमा सचिना पुरी रहेका छन् भने सदस्यहरूमा प्रशान्त शर्मा, संयोग भट्टराई, श्रीयंश पाण्डे, चिरन पौडेल, शुभम् भुसाल, सन्जोग राजभण्डारी, दिप्सन रायमाझी, स्वस्तिका पौडेल, सक्रिना कुँवर, रिजन श्रेष्ठ, राजन रेग्मी, आयुषा ज्ञवाली र संस्कार श्रेष्ठ रहेका छन् ।

दीप स्वाटको प्रमुख सल्लाहकारमा प्राचार्य टीकाराम न्यौपाने, सल्लाहकारहरूमा उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, सुपरभाइजरमा कम्प्युटर विषय प्रमुख एकराज गुरागाईं, संयोजकमा अनिल पङ्गेनी र सञ्चार सहयोगीमा पुरुषोत्तम पाण्डेय रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।