ताजा अपडेट »

नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण

शुक्रबार, १७ मंसिर २०७८, १५ : ०७
8 Shares

काठमाडौं । नायिका करिश्मा मानन्धर र गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनीहरु उत्तीर्ण भएकी हुन् । मान्धरको २.४१ जीपीए आएको छ भने रिमालको ३.४४ जीपीए आएको छ ।

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।
किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् ।
यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।