२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१ जानकी माध्यमिक विद्यालयमा ४ जना शिक्षकको विज्ञापन निकालेको करिब तीन महिना पुगेको छ । प्राविधिक धार (सिभिल ) तर्फ कक्षा ११ लाई अध्यापन गराउन शिक्षक आवश्यकताको सूचना प्रकाशन भएको थियो । तर, शिक्षक नियुक्तिमा जनप्रतिनिधिको स्वार्थ जोडिएसँगै नियुक्ति प्रक्रिया रोकिँदा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ ।

Advertisement

असोजदेखि भौतिक उपस्थितिमा विद्यालय खुले पनि विद्यार्थीहरूले पाँच विषय पढ्न पाएका छैनन् । करिब ३३ विद्यार्थीले  पढाइ नभएपछि बिहीबारदेखि विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा यसै शैक्षिकदेखि सिभिलतर्फ कक्षा ११ सञ्चालनमा आएको थियो । गाउँमै पढ्न पाएपछि खुसी भएका विद्यार्थी व्यवस्थापन समितिको राजनीतिक स्वार्थको कारण समस्यामा परेका छन् ।

विद्यालय प्रशासनले भदौ १५ मा विज्ञापन प्रकाशन गर्दै सिभिल इन्जिनियरतर्फ एक जना उच्च मावि तह, एक जना माध्यमिक तह र एक जना निम्न माध्यमिक तह गरी तीन जना शिक्षक र एक जना ल्याब असिस्टेन्ट पदमा आवेदन खुलाएको थियो । छनौट प्रक्रियाका सुरु गर्ने बेलामा विद्यालय व्यवस्थापन समितिमा किचलो भएपछि नियुक्ति प्रक्रिया सेलाएको विद्यालयका प्रअ कृष्ण प्रसाद चौधरीले बताए । 

तर, व्यवस्थापन समितिका अध्यक्ष सञ्जय अग्रहरीले विद्यालयमा प्रअले शिक्षक नियुक्तिको विषयमा बैठक नै नबोलाएको दाबी गरे । अग्रहरीले विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विवादले नियुक्ति प्रक्रियामा जटिलता उत्पन्न गराएको बताए । समितिमा वडा सदस्य फुल कुमारी गुप्ताले प्रतिनिधित्व गर्दै आएकोमा नगरपालिकाले वडा अध्यक्षलाई समितिमा राख्नु पर्ने निर्देशन आएपछि विवाद चुलिएको स्पष्ट पारे । 

नियुक्ति गर्नमा जनप्रतिनिधिको स्वार्थ

व्यवस्थापन समितिका अध्यक्ष अग्रहरी महाराजगन्ज नगरपालिका- १ का वडा सदस्यसमेत हुन् । उनका बालबालिका एक जना बुटवल र दुई जना न्यु शिशु इङ्लिस स्कुलमा अध्ययन गर्छन् । अर्का सदस्य जय प्रकाश पाण्डेका बालबालिका समेत विद्यालयमा अध्ययन गर्दैनन् । अग्रहरी राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डे निकटका मानिन्छन् । वडाबाट व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्दै आएकी गुप्तासमेत पाण्डे निकट हुन् । महाराजगन्ज नगरपालिका हरेक क्रियाकलापमा पाण्डे र नगरपालिका प्रमुख अब्दुल कलाम बिचको खिचातानी चल्ने गर्दछ । यही द्वन्द्व विद्यालयमा समेत मिसिएको छ ।

एकै पटक चार जना नियुक्ति गर्नु पर्ने भएकाले नगर प्रमुख अब्दुल कलामको समेत चासोको विषय बन्न पुगेको स्थानीय बताउँछन् । नगरपालिकाको जोडवल विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष शिव प्रसाद बानियालाई प्रतिनिधित्व गराएर शिक्षक नियुक्तिमा प्रभाव जमाउन खोजेका छन् । व्यवस्थापन समितिले कलाम समर्थक बानियालाई प्रतिनिधित्व गराउन इच्छुक भने देखिँदैन । जसले गर्दा विज्ञापन खुलाएर पनि विद्यालय प्रशासनले शिक्षक नियुक्त गर्न सकेको छैन । 

व्यवस्थापन समितिको विवाद भन्दैमा विद्यार्थीको पढाइ रोकिनु गैर जिम्मेवारी क्रियाकलाप रहेको विद्यार्थी अगुवा अभिशेख यादव बताउँछन् । यता विद्यार्थीले असोजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु गरे पनि मुख्य विषयको शिक्षक नहुँदा समस्या भएको बताउँछन् । नयाँ पाठ्यक्रम अनुसार ९ विषय अध्ययन गर्नु पर्ने हुन्छ तर ५ ओटा विषयको कक्षा सञ्चालन भएको छैन । कोभिडको मारसँगै शिक्षक अभावमा पढाई नहुँदा अन्तिम परीक्षामा प्राप्ताङ्क कम आउने विद्यार्थीहरू बताउँछन् ।- न्युज कारखाना/जानु पाण्डे

प्रतिकृया दिनुहोस्

Flash News

भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह