९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताए । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उन्ले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिए । “हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरि शिक्षकका ३७ थरि माग सम्बोधनका लागि समिति गठन गरिएको छ”, उनले भने, “शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्दछ, अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना रहेको छ ।”

उनले दलहरु आन्तरिक निर्वाचनमा केन्द्रित भइसकेकाले मुलुक निर्वाचनमा जान लागेको बताउँदै सरकारको व्ययभार कम गर्न तिनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आफ्नो तर्क रहेको बताए । राजनीतिक दलहरु आगामी स्थानीय, प्रदेश र सङ्घको निर्वाचनको तयारीमा केन्द्रित भएको उनको भनाइ छ । स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले शिक्षकका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको जानकारी दिए। उनले सञ्चारकर्मीका जिज्ञासामा बालविकास सहजकर्ताहरूलाई केही पालिकाले सरकारले तोकेको तलब नदिएको गुनासोमा पालिकाले अनिवार्य दिनुपर्ने बताए । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन