१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

सांकेतिक तस्विर

असोज २७,

विराटनगर । दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो। उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो। शव स्थानीयले खोलामा देखेपछी जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए। शव भारतमानै पोष्टमाटमका लागि राखिएको छ। पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुवा मनिकचन्द सहनीले बताए। उनी विहिबारबाट हराएको भन्दै रञ्जनाका श्रीमान भीमले माइतीमा खबर गरेका थिए।

जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ। पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन्। रञ्जनाका माइती पक्षले भारतीय प्रहरी समक्ष पक्राउ परेका चार जना विरुद्ध ज्यान मुद्दा दर्ता गराएका छन्। उनिहरुमाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगवनी प्रहरी थाना प्रमुख अहमदले बताए। -अन्नपूर्ण पोष्ट  

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य