१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

चितवन । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्ने छ ।

Advertisement

१०-१२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ । उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । बन्द सत्र भने ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुने तय भएको छ । 

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी चार हजार जनाका लागि होटलका कोठा बुक गरिएको छ ।

बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खाने छन् । खाना खाजा र कोठाका लागि आयोजकले व्यवसायीहरूसँग आधिकारिक रूपमा सम्झौता भने गरिसकेको छैन । १० मंसिर राति एमाले अध्यक्षका तर्फबाट विशेष खानाको व्यवस्था गर्ने भनिएको छ । 

११ र १२ मंसिरको बिहानको खाजा (ब्रेकफास्ट) र बेलुकीको खाना गरी चार छाकको व्यवस्था गर्न व्यवसायीहरूलाई भनिएको छ । दुई दिनको दिउँसोको खानाको पनि आयोजकले नै व्यवस्था गर्ने भएको छ । त्यसका लागि आयोजकले क्याटरिङलाई जिम्मा दिँदै छ । 

बन्द सत्र हुने होटलको नजिकै खाली चौरमा पण्डाल बनाइएको छ । पण्डालबाट पार्टी अध्यक्षले कार्यकर्तालाई सम्बोधन गर्ने महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट भोटिङ सुरु हुने उनले जानकारी दिए ।

आयोजकसँग औपचारिक सम्झौता भइसकेपछि खाना र खाजाको मेन्यु सार्वजनिक गरिने होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले बताए । ‘खाजा खानाका लागि लगभग म्यान्डेट पाइसक्यौँ । तर पनि औपचारिकता पूरा गर्न बाँकी छ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि औपचारिकता पनि सकिन्छ’, उनले भने । 

ब्रेकफास्टको मेन्यु तयार भइनसकेको उनले बताए । खानामा दाल, भात, तरकारी र मासुको व्यवस्था हुने छ । खाजा तथा खानाको मेन्यु तयार गर्ने विषयमा मोनिटरिङका लागि सोल्टी र हायत होटलबाट अनुभवी सेफहरूलाई ल्याइने उनले बताए । 

कोठा भाडामा विशेष छुट

एमाले महाधिवेशनको बन्द सत्रमा सहभागी हुनेहरूलाई कोठा भाडामा २० देखि ५० प्रतिशत छुट दिने निर्णय भएको क्षेत्रीय होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । एक दिनको १० हजार रुपैयाँ पर्ने कोठालाई अहिले ४५ सय रुपैयाँमा दिन खोजिएको उनको भनाइ छ । 

संघले होटललाई ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा छुट्याएको छ । स्टार लेभलका होटललाई ‘ए’ वर्गमा राखिएको छ भने मध्यम वर्गका होटललाई ‘बी’ वर्गमा राखिएको छ । साना होटललाई ‘सी’ वर्गमा राखिएको छ ।

‘ए’ वर्गका होटलको एउटा कोठालाई प्रतिदिन ४५ सय, ‘बी’ वर्गलाई २५ सय र ‘सी’ वर्गलाई १५ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । पार्टी र व्यवसायी दुवैलाई घाटा नपर्ने गरी केही साना वर्गका कोठालाई पनि राम्रोसँग व्यवस्थापन गरिएको उनले बताए । 

‘यसअघि विभिन्न पार्टीका कार्यक्रम हुँदा पाँच-दश वटा होटलका कोठा पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । यसपालि त्यस्तो नभएको हुँदा हामीले सहुलियत दरमा कोठा र खाना उपलब्ध गराउने भनेका हौँ’, उनले भने । सौराहामा १०-१३ मंसिरसम्मका लागि सबै होटलका कोठा बुक भइसकेको उनी बताउँछन् ।

‘सौराहाका साना ठूला होटल व्यवसायीसँग भएको ६५ सय बेड हो । एमाले महाधिवेशनको प्रतिनिधिका लागि चार हजार बेड बुक भयो । त्यसका अलावा व्यक्तिगत रूपमा पनि करिब एक हजार बेड बुक भएका छन्’, उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन