२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

चितवन । एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो । एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

उनका अनुसार एचआईभी भएका महिलामा पाठेघरको मुखमा क्यान्सर हुनसक्ने देखिएकाले यो परीक्षण सुरु गरिएको हो । एड्स हेल्थ केयर फाउण्डेसनका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार नौ सङ्क्रमित महिलाको निःशुल्क पाठेघरको क्यान्सरको परीक्षण गरिएको छ । गत महिनादेखि परीक्षण थालिएको हो । हालसम्म परीक्षण गरेका महिलामा क्यान्सरको कुनै समस्या देखिएको छैन । एचआईभी सङ्क्रमितलाई क्यान्सर रोग देखिन थालेसँगै यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।

कार्यक्रम प्रमुख सापकोटाले भने,“क्यान्सर रोग देखिएमा थप उपचारका लागि सहयोग पुगोस् भनेर अस्पतालसँगको समन्वयमा यो सेवा सञ्चालनमा ल्याएका हौँ ।” सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । नयाँ पहिचान भएका सङ्क्रमितलाई निःशुल्क एआरटी औषधि सुरु गरिएको छ । अस्पतालको एआरटी क्लिनिकबाट एक हजार २९ जनाले नियमित निःशुल्क औषधि खाइरहेका छन् । तीमध्ये ४९५ पुरुष, ४९० महिला र ४४ बालबालिका छन् । उनका अनुसार कोभिड सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधिमा ४२८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको र १३३ जनालाई खाद्यान्न समेत सहयोग गरिएको थियो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ