ताजा अपडेट »

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बन्द गराउँदै हिँड्ने १३५ पक्राउ

मंगलबार, ३० कार्तिक २०७८, ११ : ५८
10 Shares

बुटवल । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देशभरबाट १३५ जनालाई पक्राउ गरेको हो ।

बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न १३५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार काठमाण्डौंदेखि अनेरास्ववियु क्रान्तिकारीका बाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाण्डौंमा ४० प्रतिशत गाडी सडकमा चलेको प्रवक्ता कुँवरले बताए । यसैगरी बन्द गराउन गाडीको चाबी खोस्न खोज्ने र टायर बाल्न खोज्ने ११ जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

कपिलबस्तुबाट पनि प्रहरीले विप्लबका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले कपिलबस्तुबाट १६ जनालाई पक्राउ गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।