२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिए । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै उनले शैक्षिक थलोमा प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीले राजनीतिक विचारको प्रवेश गराउन नहुने बताए ।

सोही क्याम्पसका पहिलो प्रिन्सिपलका रुपमा समेत कार्य गरेका उनले शिक्षक वा विद्यार्थीले सफलता प्राप्तिका लागि आफैँभित्र प्रतिस्पर्धा गर्न सुझाव दिए । क्याम्पस प्रमुख डा गोलमान गुरुङले क्याम्पसबाट लाखौँ विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरिसकेको उल्लेख गर्दै भने, “पठनपाठनमा वैचारिक कुरा ल्याउन हुँदैन ।”

कार्यक्रममा सहायक क्याम्पसप्रमुख ईरा श्रेष्ठ, प्रा डा. षडानन्द पौडेल, प्राध्यापक सङ्घ एकाइ उपसभापति डा. कल्पना लुइँटेल, आरएमसी प्रमुख यादवमणि उपाध्याय, अनुसन्धानकर्ता मुक्ति रिजालले अन्तर्राष्ट्रिय स्तरको यस जर्नलले निरन्तरता पाओस् भनी शुभकामना दिए । ओपन एसेस–ब्लाइन्ड रिभ्यू जर्नलका रुपमा रहेको अद्र्धवार्षिक ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’ प्रिन्ट र अनलाइन दुवै स्वरुपमा उपलब्ध छ । जर्नलको प्रधान सम्पादकमा डा .रामहरि शर्मा लम्साल तथा सम्पादकद्वयमा जमुना श्रेष्ठ र गणेशदत्त पन्त छन् । जर्नलमा विभिन्न १८ अनुसन्धानमूलक लेख प्रकाशित छन् । विसं २०१६ मा स्थापित सो क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायका स्नातक/स्नातकोत्तर कार्यक्रम बिहानी, दिवा र रात्रि सत्रमा सञ्चालित छन् । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा