ताजा अपडेट »

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

मंगलबार, ३० कार्तिक २०७८, ०९ : १६
6 Shares

मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । 

राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ  । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।