Jun 4, 2023
बुटवल । बुटवल देवीनगर स्थित पुलको छेउबाट एक कार तल खसेको छ । सोमबार दिउँसो लु ३ च २५६९ नम्बरको कार सडकबाट तल झरेको हो । बुटवल–११ देवीनगर र बुटवल–११ बुद्धनगर जोड्ने नयाँ पुलको देवीनगरतर्फ कार हाटबजार लाग्ने स्थानमा खस्दा ३ जना घाइते भएका छन् ।
दुर्घटनामा कार चालक पदम नेपाल,उनकी श्रीमती भावना पौडेल र सोही स्थानमा ठेलामा फलफूल व्यवसाय गर्ने कमला अधिकारी घाइते भएको वडा प्रहरी कार्यालय देवीनगरले ग्लोबल आवाजलाई जानकारी गरायो । घाइते तिनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्