ताजा अपडेट »

बुटवलको नेपालजञ्ज रोडबाट प्रतिवन्धित रेडबुलसहित एक व्यापारी पक्राउ

सोमबार, २९ कार्तिक २०७८, १५ : ५६
12 Shares

बुटवल । रुपन्देहीको बुटवल स्थित नेपालगञ्ज रोडबाट प्रतिबन्धित रेडबुलसहित एक व्यापारीलाई प्रहरीले पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवल तथा वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले बुटवल–६ नेपालगञ्जरोडमा रहेको गोपालसिद्ध किराना स्टोरबाट प्रतिबन्धित भारतीय रेडबुलसहित सञ्चालक ६७ वर्षीय कृष्णप्रसाद पोख्रेललाई पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा आइतबार साँझ पसलमा छापा मार्दा ३ लाख मूल्य बराबरको ११७ कार्टुन अवैध रेडबुल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आवश्यक कारबाहीका लागि पोख्रेललाई पक्राउ गरी प्रक्रिया अगाडी बढाइएको तथा बरामद सामान भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।