२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

Advertisement

काठमाडौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको छ ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका नेपालका ३५ वटै विमानस्थलहरुमा प्रविधिको सहयोगमा जहाज अवतरण गर्न सकिने व्यवस्था छैन । एक मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत यो सुविधा छैन । इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्न जहाज १० माइल टाढादेखि तीन डिग्रीमा आउनु पर्ने हुन्छ त्यसैले भौगोलिक अवस्था र प्राविधिक कठिनाइका कारण नेपालका अधिकांश विमानस्थलहरुमा यो प्रविधि जडान हुन नसकेको वरिष्ठ पाइलट ददिराम निरौलाले बताए ।

नवनिर्मित विमानस्थलहरुमा भने यो प्रविधि जडान गर्ने तयारी गरेको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्ने प्राधिकरणले जनाएको छ ।

तलमाथि, दायाँबाँया सबै जानकारीसहित सिष्टम जडान हुने भएकाले यो प्रविधि जडानसँगै जहाज अवतरण र उडानका लागि सहज हुने र दुर्घटना हुनबाट समेत जोगिने पाइलट निरौलाले बताए । आजसम्म सबै जहाजहरु आँखाले हेरेक भरमा अवतरण र उडान गर्दै आएको उनले बताए।

भारतका सतप्रतिशत विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान छ । प्राधिकरणले निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गरेसँगै यसको जाँच गर्न दक्ष प्राविधिकबाट क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा