१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

झापा । विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् । मेचीनगर– १० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र बालबालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन् । कक्षबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारले छानेर लैजान पाउँछन् । विर्तामोडस्थित वाल्मिकी कलेजमा व्यवस्थापन सङ्कायमा कक्षा १२ को परीक्षा दिएका उनले भने “ हुनेले नहुनेलाई सहयोग गर्न यो कक्ष सञ्चालनमा ल्याएको हुँ । ”

पढाइबाट फुर्सद भएको समयको उपयोग गर्दै गाउँघरबाट लगाउन मिल्ने कपडा सङ्कलन गरेर नहुने व्यक्तिका लागि निःशुल्क वितरणको व्यवस्था मिलाएको उनले बताए । “जाडो मौसममा गरीव आमाबुबा झुपडी बस्ती र सडकमा काप्दै हिँडिरहेको देख्दा सहयोग गर्नुपर्छ भन्ने लाग्यो”, उनले अभियान सुरु गर्नुको कारण बताउँदै भने, “अनि मैले पुराना तर लगाउन मिल्ने कपडा सङ्कलन गर्न थालेको हुँ ।”

अभियान १०० दिन सञ्चालन गर्ने र पुराना कपडाको पुनः उपयोगले पर्यावरण स्वच्छ राख्नसमेत सघाउ पुग्ने उनले जानकारी दिए । यही कात्तिक २५ गतेदेखि निःशुल्क कपडाको कक्ष राखिएको हो । हालसम्म दुई बोरा जति कपडा विपन्न तथा सडक मानवले खुसी हुँदै लगिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टल राखिएको र दातालाई पुराना लगाउन मिल्ने कपडा उपलब्ध गराउन आह्वान गरेपछि धेरै व्यक्तिले कक्षसम्मै कपडा पुर्याउन आउने गरेको बताए । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षमै आएर थुप्रै कपडा प्रदान गरेको र धुलाबारीको ट्राफिक प्रहरी बिटले कक्षका हेरचाहमा सहयोग पुर्याएको उनले जानकारी दिए । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड