१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या धेरै कम देखिएको छ । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सवैभन्दा थोरै सक्रिय सङ्क्रमितहरु रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ३५ हजार ९८१ रहेको छ ।

Advertisement

“कुल सङ्क्रमित मध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२२ दिन अर्थात १७ महिना पछिकै सवैभन्दा कम हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या चार लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । पछिल्लो एक दिनमा नयाँ थपिएका सङ्क्रमित मध्ये छ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन् । भारतमा कोरोनाका कारण अहिले सवैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । -एएनआई

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था