१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन सञ्चारकर्मीहरुले सामूहिक रुपमा प्रतिवद्धता गरेका छन् । तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी अन्तरगत आइतबार भएको अन्तरक्रियापछि सञ्चारकर्मीहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् । सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्।

Advertisement

तिलोत्तमा नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ने नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए । आवश्यक सहयोग तथा समन्वयका लागि सञ्चारकर्मीहरुमाझ आग्रह गर्दै उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी उपाध्यक्ष अमृता अनमोलले बालमैत्री नगर कागजमा मात्रै नभई व्यवहारमा पनि हुनुपर्नेमा जोड दिइन् । सामुहिक प्रतिवद्धतापछि बोल्दै उनले नगरलाई बालमैत्री बनाउनका लागि निगरानी तथा हौसला प्रदान गर्ने गरी कलम चलाउने उनले बताइन्।

अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले सबै तिलोत्तमाले बालमैत्री नगर घोषणाको थालनी गरेर सकारात्मक सन्देश दिन थालेको उल्लेख गरे । दिगो विकासका लक्ष्य हासिल गर्नका लागि पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताउँदै उनले मुलुकको आर्थिक विकासमा लागि सबै स्थानीय तहले अनिवार्य रुपमा बालमैत्री हुन आवश्यक रहेको बताए ।

दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको उनले बताए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गँगाराम आचार्यले नगरबासी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा कर्मचारीहरुको सामूहिक पहलमा मात्रै तिलोत्तमालाई बालमैत्री नगर बनाउन सम्भव भएको उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल,पूर्व उपाध्यक्षद्वय दिनेश पाण्डे र निरु गौतम,अग्रज पत्रकार प्रकाश खनाल,लक्ष्मण पौडेल,श्रवण कर्मचार्य,भगवती पाण्डे लगाएत रुपन्देहीका २ दर्जन बढी पत्रकारले तिलोत्तमालाई बालमैत्री बनाउन सहयोग गर्ने र दिगो कायम राख्न रचनाम्तक तथा खबरदारीमूलक भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो