२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । जसअन्तर्गत क्षेत्र नम्वर १ मा निर्वाचनबाट प्रतिनिधि चुनिएका छन् भने बाँकीमा सर्वसम्मत भएको छ । क्षेत्र नम्वर १ मा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जगेश्वरदेवी चौधरी र बिद्यालक्ष्मी गुरुङ चुनिएका छन् ।

क्षेत्र नम्वर २ मा भने सर्वसम्वत प्रतिनिधि चयन भएका छन् । जसअन्तर्गत खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाइँ, बाबुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य, महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी महाधिवेशन प्रतिनिधि छानिएका हुन् । क्षेत्र नम्वर ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जिवलाल पाण्डे र शिव पौडेल, महिलातर्फ कल्पना हरिजन, दलित खुलामा जोगलाल बिक, सुरेन्द्र श्री, महिलामा कमला बिक रहेका छन् ।

यस्तै, लुम्विनी प्रदेश मजदुरतर्फ कमल गौतम, हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, पूर्णबहादुर केसी, महिलातर्फ रञ्जु भट्टराई, प्रेमपूर्ण योगी र सुशीला दर्लामी छानिएका छन् । रुपन्देहीको क्षेत्र नम्वर ३ र ४ मा भने सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गरिएको छ । निर्वाचनको मतगणना जारी छ । क्षेत्र नम्वर ३ बाट महिलामा ममता पौडेल र उमा अधिकारी निर्विरोध चयन भएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ