२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

गुल्मी । गुल्मी प्रहरीले फरार दुई अभियुक्त पक्राउ गरेको छ । प्रहरीले गतबर्षको २३ पुसमा १७ बर्षीया किशाेरीलाई बलात्कार गरेर फरार भएका कपिलवस्तु बाणगंगा नगरपालिका- १ पिपराका २१ बर्षीय चन्द्रबहादुर थापालाई १० महिनापछि घरबाटै पक्राउ गरेको हो ।

थापालाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले पक्राउ गरेको हो । बलात्कार भएको बारेमा बालिकाले परिवारलाई लामाे समयसम्म बताएकी थिइनन् । आरोपितले बलात्कारपछि पनि पटक पटक मानसिक तनाव दिएपछि बालिकाले परिवारलाई बताएकी थिइन् । त्यसपछि पीडित परिवारले १० महिनापछि १६ कात्तिकमा थापाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । उजुरीपछि खोजतसालका क्रममा थापालाई प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईसहितको टोलीले घरैबाट पक्राउ गरेर ल्याएको पाण्डेयले बताए ।

यस्तै ३१ बर्यीया महिलालाई बलात्कार गरेर फरार रहेका गुल्मी मुसिकोट नगरपालिका- ८ का ४७ बर्षीय चन्द्रे सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपित सार्कीले महिलालाई गत १७ भदौमा बलात्कार गरेर फरार भएका थिए । सार्कीिवरुद्ध परिवारले २१ भदौमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे थियाे । त्यसपछि खोजतलासका क्रममा घर नजिकबाटै पक्राउ गरेर अदालतमा पेश गरी आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरी जनाएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका