ताजा अपडेट »

मानसिक तनाव भएमा के गर्ने ?

मंगलबार, १६ कार्तिक २०७८, ०९ : ४३
10 Shares

खान वा गर्न नहुने कुराहरुः
जाँड, रक्सी, चुरोट, भाङ, धतुरो, खैनी, गाँजा, अमिलो, पिरो, चिल्लो, गरम मसला, बढी मात्रामा तोरीको तेल, तितो र नून बढी भएका खाना, पुराना अचारहरु, तातो खाना वा पेय पदार्थहरु खानुहुँदैन ।भोक र तिर्खालाई रोक्नुहुँदैन । अनिद्रा (रातभर जाग्राम) पनि बस्नु हुँदैन । अनुचित, गर्मीयुक्त वातावरणमा, चिन्ता, भय, रिस, शोक, अनिदो तथा मानसिक दबाबमा विल्कुल बस्नुहुँदैन ।

खान वा गर्न हुने कुराहरुः
हल्का सादा खाना खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । रसिला फलफूलहरु र हरिया सागपातहरु प्रशस्त मात्रामा खानुपर्छ । शान्त, एकान्त वा मन प्रशन्न हुने ठाउँमा बस्नुपर्छ ।

नियमित चिसो पानीले स्नान गर्नुपर्छ । नुहाइसकेपछि घाममा बसेर तिल वा तोरीको तेलले पूरै शरीरलाई मालिस गर्नुपर्छ । ज्ञानबर्द्धक पुस्तक पढ्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।सकारात्मक विचार, मानसिक सन्तुलनमा सहयोग पुर्‍याउने खालका ध्यान तथा प्राणायामको अभ्यास आदि गर्ने गर्नुपर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।