ताजा अपडेट »

तिहारको झिलि-मिलिमा विद्युत समस्या हुँदैन : प्राधिकरण

आइतबार, १४ कार्तिक २०७८, २२ : ५१
10 Shares
आइतबार, १४ कार्तिक २०७८
10 Shares

काठमाण्डौं । दीपावलीमा विजुलीको माग बडी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय मेगावाट विद्युत जगेडा रहेकाले दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

पिक आवरमा १२ सय मेगावाट विद्युतको माग हुने गर्छ तर प्राधिकरणले १५ सय मेगावाट विद्युत सप्लाइ गर्न सक्ने क्षमता भएकाले विद्युत आपूर्तिमा कुनै पनि समस्या नहुने उनले बताए । पर्याप्त विद्युत भएका कारण यस वर्ष विद्युत व्यवस्थापनका लागि कुनै पनि योजना नबनाएको प्राधिकरणले जनाएको छ । गत वर्षको तिहारको समयमा उच्चतम ११ सय २० मेगावाटसम्म विद्युत माग भएको प्राधिकरणको तथ्याङ्क छ ।

डिमान्डभन्दा सप्लाइमा विद्युत क्षमता बढी रहेकाले कुनैपनि अवस्थामा विजुली नजाने प्राधिकरणले जनाएको छ । तर प्रकृतिक समस्या र प्रशारण लाइनमा समस्या भएमात्र समस्या हुने तर नोलाइटको समुह २४ घण्टा तयारी अवस्थामा हुने भएकाले ग्राहकले अन्धकारमा बस्नु नपर्ने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।