६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं । टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६ , वडा नम्बर ६ सँगै छक्का पञ्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । प्राय: फिल्म प्रदर्शनको समयमा उनले वितरक र हल संचालकले नेपाली फिल्मका निर्माताहरूलाई पाखा लगाउने गरेको गुनासो गर्ने गरेका छन् । 

Advertisement

विदेशी फिल्ममा मनग्य पैसा लगानी गरे तापनि नेपाली फिल्मलाई प्रदर्शनमा समेत वितरकले नसघाउने गुनासो उनको हुन्थ्यो । यिनै दीपक केही समय अगाडि फिल्म वितरण कम्पनी एफडीसँग जोडिएका थिए । अब उनी हल संचालक पनि बन्ने भएका छन् । उनले आफ्ना साथीहरूसँगको सहकार्यमा नयाँ बानेश्वरमा हल संचालनमा ल्याउँदै छन् । यसै वर्षदेखि संचालनमा ल्याउने तयारीका साथ काम भइरहेको दीपकले बताउँदै आएका छन् । 

निर्माता हुँदा उठाउने आवाज अब उनले उठाउलान् त ? भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । दीपक भने आफूले सदैव कलाकार र निर्माताका लागि बोल्ने बताउँछन् । ‘म पहिला कलाकार हुँ, त्यसपछि निर्माता, वितरक र हल संचालक हुँदै छु । मेरो आवाज कलाकार र निर्माताका लागि सदैव उठ्छ । यसमा दुई मत नै छैन’, दीपकले भने । गत शुक्रबार एक हलको उद्घाटनका लागि पुगेका दीपकले आफूलाई कलाकार भन्दा खुसी लाग्ने बताए । 

कोरोना भाइरसपछिको समयमा अब निर्माता, वितरक र प्रदर्शकले आपसी सहकार्य गरेर मात्र नेपाली फिल्म पहिलेको स्थानमा पुग्ने उनको बुझाइ छ । ‘यो समय आन्तरिक प्रतिस्पर्धाको होइन, हामीले सहकार्य गर्न नसके त्यसको असर हामीलाई नै पर्छ’, उनी भन्छन्, ‘अब दर्शकलाई हल सुरक्षित रहेको संदेश पुर्‍याएर हलसम्म ल्याउन लाग्नुको विकल्प छैन ।’ दीपकले हाललाई नेपाली बजार सुहाउँदो फिल्म दर्शकमाझ ल्याउनुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता