११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । बुटवलस्थित प्रहरी तालिम केन्द्र परिषरमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । करिब शतप्रतिशत निर्माण सम्पन्न भनिएको उक्त कभर्ड हल आँफैमा महत्वपूर्ण छ । प्रहरीका लागि खेलकूद गतिविधि सञ्चालन गर्न बनाइएको उक्त कभर्ड हल करिब ८ करोड लागतमा निर्माण भएको सो कभर्ड हल निर्माणमा संलग्न ओभरसियर प्रकृति मल्लले बताइन्।

Advertisement

करिब ८ करोड लागतमा बनेको आधुनिक र आकर्षक भवनका धेरै विशेषताहरु होलान् । तर,भवन भित्र भने भित्तामा बनाइएको आकर्षक दृश्यले जो कोहीलाई आकर्षण गर्दछ । लुम्बिनी प्रदेशमा भएका महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुलाई समेटेर चित्रण गरिएको उक्त दृश्य आकर्षक मात्रै होइन,मनमोहक पनि छ ।

आँखै अगाडि लुम्बिनी,रानीमहल,बुद्ध लगाएतका दृश्य देख्दा जो कोहीलाई पनि लुम्बिनी र पाल्पानै पुगेजस्तो अनुभूति हुन्छ । अनि मनमा जिज्ञासा हुन्छ‘यति सुन्दर दृश्य कसले बनाएको होला?’ यो जिज्ञासाको उत्तर हो‘ सपना शाह । चित्रकार सपना शाह र उनको ५ सदस्यीय टोलीले एकसाता लगाएर कभर्ड हल भित्रका २ भित्तामा लुम्बिनी झल्कने चित्र निर्माण गरेको छ । २ ठूला भित्तामा २ वटा पेन्टिङ छन् । करिब ४ सय ५० स्क्वायर फिटमा एकातर्फ शान्तिका अग्रदूत गौतमबुद्धसहित विश्व शान्तिको मुहान लुम्बिनीलाई झल्काइएको छ भने अर्कोतर्फ पाल्पास्थित प्रेमको प्रतिक रानीमहलसहित विभिन्न प्राकृतिक दृश्य र डाँफे,परेवा जस्ता चराहरु देखाइएको छ । सपनासहित चित्र बनाउनेमा सुमन वाग्ले,विकास घिमिरे,शर्मिला तामाङ र सुधा खत्रीको विशेष भूमिका रहेको छ ।

अन्य फरक सहकर्मीसहित देशका विभिन्न स्थानमा आकर्षय ऐतिहासिक तथा पर्यटकीय चित्र बनाउने सपना पेशाले पहिले नर्स थिइन् । मधेशी समुदायका सपना १४/१५ वर्षको उमेरमा परिवारसहित काठमाण्डौं गएकी थिइन् । नर्सिङ अध्ययन गरेर काठमाण्डौंकै ओम अस्पतालमा कार्यरत उनी केहि वर्ष मात्रै नर्सका रुपमा काम गरिन् । नर्सिङ पेशामा आफ्नो काम र क्षमताको जस अरुलाई जाने,अप्रत्यक्ष रुपमा धेरै काम गर्नुपर्ने जस्ता कुरा उनलाई आफ्नो प्रतक्ष्य सहभागिता, दक्षता र क्षमता देखिने र मूल्यांकन हुने कामप्रति रुचि बढ्यो ।

त्यसपछि उनले नेपाल ललितकला एकेडेमीबाट ११ र १२ अध्ययन गरिन् । सोही क्रममा उनी फोटोग्राफीप्रति पनि आकर्षित भइन् । र,व्यवसायिक फोटोग्राफर तथा सामाजिक वृत्तचित्र निर्माणमा सक्रिय भइन् । नर्सिङ अध्ययन गर्दा उनले बनाउने स्केच देखेर साथीहरुले उनलाई राम्रो ड्रविङ भन्दै प्रशंसा गरेको हुनाले पनि कलाप्रति रुचि बढेको उनी बताउँछिन् । उनको रुचि बढ्ने क्रम रोकिएन । प्लसपछि उनी काठमाण्डौं यूर्निभर्सिटीमा भर्ना भएर चित्रकलामै स्नातक उत्तिर्ण गरिन् । र,अन्ततः उनी व्यवसायिक चित्रकारका रुपमा अगाडि बढिन् ।

मधेशी समुदायकी उनी सर्लाहीबाट काठमाण्डौं,नर्सिङ अध्ययन र जागिरसँगै चित्रकला अध्ययनतर्फ लाग्नु तत्कालित समयमा जटिल र अस्वभाविक लागेको उनी बताउँछिन् । जसका लागि निकै संघर्ष गर्दै दृढतका साथ अघि बढेको उनको भनाई छ । नर्सिङ अध्ययन गरेर जागिर खाएकी छोरी चित्रकलामा अगाडि बढ्छु भन्दा परिवारमा निकै हलचल मच्चिएको उनी सम्झिन्छिन् ।

हाल उमेरले तीन दशक पार गरेकी सपना देशका विभिन्न स्थानमा पेन्टिङ गर्न पुगेकी छन् । उनको पेन्टिङ कला निखारिँदै जाँदा विभिन्न अवसरहरु पनि आइरहेको उनी बताउँछिन् । कलालाई जीवन्त बनाउन आफू लागिर परेको बताउने उनले धार्मिक,ऐतिहासिक,पर्यटकीयसँगै बाल मनोविज्ञानका चित्रहरु पनि बनाएको बताउँछिन् । कारागारमा राखिएका बालबालिका र किशोरीहरुका लागि पनि पाठ्यक्रममा आधारित पेण्टिङ गरेको उनी बताउँछिन् ।

‘चित्रकलाको पनि कलेज हुन्छ,पढाई हुन्छ’ भन्ने थाहा भएपछि नर्सिङ पेशा त्यागेर अध्ययन गरी चित्रकलामै रमाएकी सपनाले कला अध्ययन गर्दा आफ्नै खर्चबाट गरेको बताउँछिन् । पढ्दै , स्केच गर्दै कमाउँदै अगाडि बढेपछि परिवारबाट पनि विश्वास र साथ प्राप्त भएको सुनाउँछिन् ।

कला जीवन्त हुनुपर्छ भन्ने मान्यता राख्दै नेपालमा कलालाई बुझ्ने र मूल्यांकन गर्ने सोँच र क्षमताको भने विकास नभएको गुनासो गर्छिन् । कलाले मानव जीनव र प्राकृतिक तथा ऐतिहासिक अवस्थालाई उजागर गर्दै परम्परा र संस्कृतिको पनि संरक्षण्मा महत्वपूण भूमिका निर्वाह गर्ने हुँदा यसतर्फ राज्यको लगानी र चासो बढ्नुपर्ने उनको ठम्याई छ ।

मनदेखि,मिहिनेत र निरन्तरताका साथ गरे जुनसुकै काम व्यवसायिक बन्ने उनको अनुभव रहेको छ । घरमै बसेर विभिन्न पेन्टिङ गर्नुका साथै देशका विभिन्न स्थानमा पेन्ट गर्न पुग्ने सपना आफ्नो कामबाट सन्तुष्टि मिलेको बताउँदै निरन्तरता दिने जनाउँछिन् । उनले कला अध्यापन पनि गराउँदै आएकी छन् ।

बुटवलमा सपना र उनको समूहले कोरेको पेन्टिङ अवलोकन गर्ने लेखक,युवा नेता,पत्रकार लगाएतको समूहले पेन्टिङको प्रशंसा गरेका छन् । लेखक तथा स्तम्भकार मनिकर कार्कीले सपना समूहको पेन्टिङमा आकर्षणसँगै जीवन्तता झल्किएको बताए । त्यसैगरी युवा नेतृ सरिता श्रीषले सपनाको कलाको उच्च प्रशंसा गर्दै बुटवलमा सपनाले बनाएको पेन्टिङबाट आफू प्रभावित भएको बताइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन