Sep 28, 2023
काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशन सम्पन्न गर्न १२ वटा समिति बनाउने निर्णय गरेको छ । एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए ।महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार रहेका छन् ।
प्रतिनिधि व्यवस्थापनः संगठन विभाग
जनपरिचालनः सुरेन्द्र पाण्डे
प्रचारप्रसारः योगेश भट्टराई
सांस्कृतिकः रघुजी पन्त र देवी ज्ञवाली
आर्थिकः विष्णु रिमाल
स्वास्थ्यः भानुभक्त ढकाल
मञ्च व्यवस्थापनः शेरबहादुर तामाङ
अतिथि सत्कारः राजन भट्टराई
आवास व्यवस्थापनः कृष्णभक्त पोखरेल
स्वयंसेवक परिचालनः विनोद श्रेष्ठ
यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
खाद्य व्यवस्थापनः कपिल पोखरेल र पार्वती रावल
प्रतिकृया दिनुहोस्