६ चैत्र २०७९, सोमबार

Mar 20, 2023


असोज ३,

Advertisement

ग्लोबल आवाज
भैरहवा । औद्योगिक घराना लुम्बिनी ग्रुपले आगामी असोज ११ गते नेपालमै पहिलोपटक ‘सेक्रेट्स टू रिजर्भिङ डिजिज’ विषयमा स्वास्थ्य सेमिनार आयोजना गर्ने भएकोछ । ‘तपाइँको खाना नै औषधी हो’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक खाना र त्यो कसरी खाने भन्ने विषयमा जानकारी तथा प्रशिक्षण हुने आयोजक संस्था लुम्बिनी ग्रुपका निर्देशक विवेक कुमार अग्रवालले बताए ।

अव्यस्थित जिवनशैली र अस्वस्थ खानाका कारण विभिन्न रोगहरु निम्तिने क्रम बढिरहेको समयमा मानिसले खाने कुरा सही ढङ्ग र सही मात्रामा खाए बिरामी नै नहुने र बिरामी भए खानाबाट नै निको हुने पद्धति अपनाउनका लागि रिजर्भ फ्याक्टर संस्थाका संथापक एवम् अन्तराष्ट्रिय ख्याती प्राप्त न्यूट्रिजेनोमिक्स एण्ड डिजिज रिभर्सल एक्सपर्ट करन कक्कडद्वारा प्रशिक्षित गराइने उनले बताए । उनले आफूहरु उद्योगी भएपनि सामाजिक र स्वास्थ्य क्षेत्रमा खानपिन सम्बन्धी जनचेतना जगाई सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

असोज ११ गते भैरहवा स्थित होटल पौवामा हुने कार्यक्रममा करिब ६ सयजना सहभागि गराउने कार्यक्रमकी संयोजक श्रद्धा अग्रवालले बताइन् । उनले भनिन् ‘खनापिनकै कारण धेरै रोग लाग्ने र खानाकै कारण समयमा निको नहुने समस्या बढिरहेको हुँदा हामीले यस क्षेत्रमा पहिलो पटक विशेषज्ञ ल्याएर खाना तथा रोग सम्बन्धी जानकारी र प्रशिक्षण दिन यस्तो किसिमको कार्यक्रमको आयोजना गरेका हौं ।’ कार्यक्रममा सहभागि हुनका लागि रु ६ सय पचास प्रवेश शुल्क रहेको उनले बताइन् ।

ग्रुपका निर्देशक अग्रवालले आफूपनि सुगरको रोगी भएको बताउँदै नियमित औषधी खादा पनि कमी नभएपछि करन कक्कडको सल्लाह अनुसार खानपिन तथा आहारबिहार परिर्वतन गरेपश्चात राम्रो सुधार भएको हुनाले अरुलाई पनि जाकारी गराई सचेतना जगाउन उनलाई निम्ताईएको बताए । कार्यक्रमा करिब ६ लाख खर्च हुने तथा उपस्थित सहभागिहरुले प्रशिक्षक समक्ष आफ्ना समस्या तथा जिज्ञासा राख्न पाउने कार्यक्रमकी संयोजक श्रद्धा अग्रवालले जानकारी गराइन् ।

कार्यक्रमका प्रशिक्षक ईन्टरनल न्यूट्रि जेनोमिक एण्ड डिजिज रिर्भसल एक्सपर्ट, होलेस्टिक न्यूट्रेसन एण्ड एशोसियट्स विद अमेरिकन फिटनेश प्रोफेशनल एण्ड एशोसियशन एक्सपर्टका रुपमा रहेका छन भने उनि ग्लोबल बायटेक इभेण्टस् हरु जस्तैः साउथ कोरियाको बायोकोरिया तथा लन्डनको बायोकन्क्लेभ इन लनडनमा समेत प्रतिनिधित्व गरिसकेका छन्। कार्यक्रमलाई अर्घाखाँची सिमेण्ट, सिद्धार्थ सिमेण्ट, श्री स्टिल, एभरोल टि.एम.टि., नेपाल अम्बुजा सिमेन्ट, नेको ईन्सोरेन्स, श्याम प्लाइवुड इन्डस्ट्रिजलगाएतले कर्पोरेट पार्टनरका रुपमा सघाएका छन भने राउण्ड टेबल नेपाल, लुम्बिनी राउण्ड टेबल–१६, सिद्धार्थनगर लेडीज सर्कल–४, नेपाल राष्ट्रिय मारवाडी यूवा संघ लगाएतका संस्थाहरुले एन. जि.ओ. पार्टनरका रुपमा सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार