ताजा अपडेट »

किड्सहेभनले मनायो संविधान दिवस

शुक्रबार, ०३ असोज २०७६, १३ : ४८
4 Shares

असोज ३,
बुटवल । रुपन्देहीमा तिलोत्तमा नगरपालिका–११ स्थित किड्स हेभनले संविधान दिवस मनाएको छ । विभिन्न नारा उल्लेखित प्ले कार्ड सहित विद्यालयबाट भूल्का, कटानी, मन्द्रानीहुँदै पुनः विद्यालयमाआई प्रभात फेरी कार्यक्रम समापन गरेको छ । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति, अभिभावक, विभिन्न तहका बुद्घिजीवीहरु, समाजसेवी, टोल समिती, शिक्षक श्क्षििका, विद्यार्थीहरुको सहभागी रहेको थियो । अहिलेको संविधानमा उल्लेखित सम्पूर्ण कुराहरु कार्यन्यन गर्नसक्ने भने देश परिर्वतन हुने कुरा विद्यालयका प्रवन्ध निर्देशक वेद गिरीले बताए ।

बालअधिकार, महिला अधिकार र संविधानको महत्वको बारेमा विद्यालयकी शिक्षिका शुसिला कार्कीले बताइन् । कार्यक्रम विद्यालयका बाल क्लबका अध्यक्ष दिपेश गुरुङको सभापतित्व, निकीता गूरुङको स्वागत मन्तब्य, विद्यालयका प्रवन्ध निर्देशक वेद गिरीको प्रमुख आतिथ्यता र बाल क्लबका छात्र, छात्रा सविन थापा र कृति श्रेष्ठको सञ्चालनमा भएको शिक्षिका माया शर्माले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।