ताजा अपडेट »

मेडिकल शिक्षामा कलेजहरुको चर्को शुल्क असुली निरन्तर

मंगलबार, ३१ भदौ २०७६, ०९ : ३१
4 Shares

भदौ ३१,

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलीरहेका हुन् । निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् ।

शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कजेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्याकाभित्र एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेकोछ ।कलेजहरुले भने एउटै विद्यार्थीसँग दोब्बर शुल्क (८०लाख)सम्म असुल्दै आएका छन् । गण्डकी मेडिकल कलेजले एउटै विद्यार्थीबाट ६० लाख लिएको छ । - सुदीप कैनी/कान्तिपुर दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।