ताजा अपडेट »

नेपाल प्रध्यापक संघको अध्यक्षमा बुटवलका प्रा.डा.थापा निर्बिरोध

सोमबार, ३० भदौ २०७६, १६ : ११
6 Shares

भाद्र ३०,
बुटवल । नेपाल प्रध्यापक संघको केन्द्रिय अध्यक्षमा बुटवलमा कार्यरत प्रा. डा बुद्धबहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् । बुटवल वहुमुखी क्याम्पसमा सम्लग्न रहेका थापा देशभरका प्रध्यापकहरुको सर्व–सहमतीमा निर्विरोध भएका हुन् । काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनबाट डा थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बाँकी रहेका सदस्यहरुको हकमा भने कार्तिक २३ गते राजधानी काठमाडौंमा हुने निर्वाचन प्रक्रियाबाट टुङग्याईने निर्वाचन समितिका संयोजक प्रा. डा रामप्रसाद ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षमा डा थापाको मात्र उमेद्वारी परेकोले उनि निर्विरोध भएका हुन् । संघमा २० जना सदस्यहरु रहने विधान अनुशारको व्यवस्था भएपनि २१ जनाको उमेद्वारी परेकोले मतदान हुने भएको छ । देशभरका प्रध्यापकहरुको छाता संस्था प्रध्यापक संघमा राजधानी बाहिरबाट अध्यक्ष पदमा निर्विरोध भएको सम्भवत पहिलो पटक हो । प्रजातन्त्रबादी प्रध्यापक संघको महासचिव भैसकेका थापा सबैलाई मिलाएर लैजानसक्ने क्षमताका कारण पनि लोकप्रिय छन् । नेपाली कांग्रेसका महासमिति सदस्य समेत भैसकेका थापा बरिष्ठ अधिवक्ता पनि हुन् । उनि उच्च अदालत बार एकाई बुटवलका पुर्व अध्यक्ष समेत हुन् । लामो समयदेखि प्रध्यापन पेशामा रहेर वेदाग आफ्नो कार्यसम्पादन गरेका थापाले निर्विरोध भएसँगै देशभरीकै प्रध्यापकहरुको विश्वासलाई गुम्न नदिने प्रतिक्रिया दिएका छन् ।

उनले प्रध्यापकहरुका पेशागत धेरै खालका समस्याहरु रहेकाले सरोकारवाला निकायहसँग संवाद गरेर समाधान गरिने पनि बताए । नेपालमा विभिन्न १० वटा विश्व विद्यालय अन्तरगतका २० हजार भन्दा वढि प्रध्यापकहरु संघमा आवद्ध रहेका छन् । सबै दल समर्थकहरुका आ–आफ्नै संघ संगठन भएपनि नेपाल प्रध्यापक संघ सबैको छाता संस्था हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।