ताजा अपडेट »

दशैंको मुखमा दुई दिनमै दुर्घटनाबाट ४८ जनाले ज्यान गुमाए

मंगलबार, २६ असोज २०७८, १८ : २६
12 Shares

बुटवल । पछिल्लो २ दिनको अवधिमा भएका आधा दर्जन सवारी दुर्घटनामा परी ४८ जनाले ज्यान गुमाएका छन् । विजया दशमीको मुखैमा सवारी दुर्घटनाको अवस्था थप भयावह देखिएको छ ।

ग्लोबल आवाजले सोमबार र मँगलबार प्रकाशित गरेका समाचारलाई मात्रै तथ्याङमा समावेश गर्दा मुलुकका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी ६५ जना बढी घाइते भएका छन् । सोमबार कास्कीको पोखरामा जीप दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने २ जना घाइते भएका छन् । यसैगरी अछाममा जन्ति बोकेको जीप दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भए । स्याङ्जामा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भयो भने १४ जना घाइते भएका छन् । यसरी सोमर मात्रै भएका ३ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भए ।

दोस्रो दिन मँगलबार पनि ३ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना बढी घाइते भएका छन् । मुगुमा भएको बस दुर्घटना हुँदा यो समाचार तयार पार्दासम्म ३२ जनाले ज्यान गुमाएका छन् भने ११ जना बढी घाइते छन् । यसैगरी दाङमा बसको ठक्करबाट १ बालकले ज्यान गुमाएका छन् । यसैगरी डडेल्धुरामा बस पल्टिदा १६ जना घाइते भएको समाचार छ ।

हरेक वर्ष चाडबाडको समयमा सवारी दुर्घटनामा वृद्धि भई मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था यो वर्ष पनि अन्त्य हुन सकेन । लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिंह थापाका अनुसार कोरोना महामारीले लामो समयपछि एक्कासी सवारीको फ्लो बढेका कारण दुर्घटनामा पनि वृद्धि भएको हो । तीब्र गती तथा पुरानो सडक संरचनाका कारण पनि दुर्घटना बढ्ने गरेको उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।