ताजा अपडेट »

थप ७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

सोमबार, २५ असोज २०७८, १७ : ०६
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३ सय १४ जना सघन उपचार कक्ष तथा १११ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।