ताजा अपडेट »

भारतमा कोरोनाविरुद्धको खोप ओभर स्टक !

सोमबार, २५ असोज २०७८, ०८ : ३७
2 Shares

काठमाडौँ । भारतमा खोपको अभाव सकिएको छ । स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ८ करोडभन्दा बढी खोपको स्टक रहेको जानकारी गराएको हो । २०२१ को जनवरी १६ बाट खोप अभ्यान शुरु गरेको भारतमा पहिलो पटक खोपको स्टक धेरै भएको बताइएको छ । 

यस बिचमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको दिन सेप्टेम्बर १७ मा एकै दिन साढे २ करोड डोज खोप लगाएर नयाँ किर्तिमान बनाइएको थियो । 

अहिलेसम्म भारतमा ९४ करोड ७० लाख १० हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैबीच भारतले ४० लाख डोज स्पुतनिक लाइट र १० लाख डोज कोभ्याक्सिन खोप निर्यातका लागि अनुमति दिएको छ । ४० लाख डोज स्पुतनिक खोप रुस पठाइएको छ भने १० लाख डोज कोभ्याक्सिन इरानलाई दिइएको छ । यस अघि दोस्रो लहरको प्रभाव भारतमा बढेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो । 

खोप प्रशस्त हुदा पनि दैनिक खोप लगाउनेको संख्या बढ्न नसकेको भन्दै सरकारको आलोचना भने भइरहेको छ ।         

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।