ताजा अपडेट »

नेपालमा थप ५९६ जनामा कोरोना संक्रमण, १० को मृत्यु

आइतबार, २४ असोज २०७८, १८ : ३९
4 Shares

बुटवल । नेपालमा थप ५९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ९ हजार २३७र एन्टिजेन विधिबाट ३ हजार १६७ जनामा परिक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २ हजार १९८ र एन्टिजेनबाट ९२ हजार ९९४ जना पुगेको छ ।

यस्तै, नेपालमा थप ८७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७५ हजार ९४३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २३१ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।