ताजा अपडेट »

थप ७६४ जनामा कोरोना संक्रमण, १० को मृत्यु

शुक्रबार, २२ असोज २०७८, १७ : ०७
4 Shares

बुटवल । देशभर थप ७६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ६८८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १० जनाले ज्यान गुमाएका छन् भने १०३३ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिको परीक्षणमा ८ लाख ९९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ८३९ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ७४ हजार १७३ जना निको भएका छन् भने कुल ११ हजार २१० जनाको मृत्यु भएको छ ।

हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।