ताजा अपडेट »

बुद्ध एयरको जहाजमा फेरी समस्या, टायर पन्चर भएपछि रोकियो उडान

शुक्रबार, २२ असोज २०७८, १४ : २३
22 Shares
शुक्रबार, २२ असोज २०७८
22 Shares

काठमाडौं। सिमरा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाजको 'टायर फ्ल्याट' भएको छ। जहाजको टायरको हावा फुस्किएपछि बुद्धको सिमरा-काठमाडौ तर्फको उडान डिले भएको छ।

शुक्रबार बिहान काठमाडौ-सिमरा तर्फ उडान गरेको  कम्पनीको एटिआर-७२ सिरिजको ९ एन-एएनयु कलसाइनको जहाज अवतरणपछि टायर फ्ल्याट भएको सिमरा विमानस्थलले जनाएको छ । सिमरा-काठमाडौं  उडानका लागि तयार यात्रुका लागि कम्पनीको अर्को जहाज सिमरा आउँदै गरेको विमानस्थलका एक कर्मचारीले बताए। 

'प्रेसर रिलिज भएर हावा निस्केको हो। जहाज अवतरण गरिसकेपछि जहाज घुमाउने बेला टायर फ्ल्याट भएको हो। जहाजमा केही समस्या छैन। यो ठूलो समस्या होइन। प्राविधिकको जाँचपछि यो जहाजले उडान गर्नेछ,' उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।