ताजा अपडेट »

रुपन्देही उद्योग संघमा नयाँ नेतृत्व निर्विरोध

शुक्रबार, २२ असोज २०७८, १४ : १६
8 Shares

बुटवल । रुपन्देही उद्योग संघका सम्पूर्ण पदहरुमा निर्विरोध भएको छ। संघको महासचिव र सचिव बाहेकका सबै पदहरुमा यस अघि नै निर्विरोध भएको भएपनि दुई पदमा दुई दुई जनाको उम्मेदवार परेपछि निर्विरोध हुन सकेको थिएन्।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि तोकिएको २२ गते १ बजे सम्मको समय सिमा भित्र महासचिव पदका दावेदार माया खनाल र सचिव पदका दावेदार यमलाल भटराईले उम्मेदवारी फिर्ता लिएपछि अव मतदानको प्रक्रिया अन्त्य भएको हो।

अध्यक्ष लगायतका अन्य सबै पदमा पहिलो दिन नै निर्बिरोध भएको भएपनि महासचिव र सचिव पदमा शुक्रबार मात्रै निर्विरोध हुने अवस्था आएको हो। महासचिव पदमा बर्तमान कार्यसमितीका कोषाध्यक्ष हरि खत्री र सचिव पदमा बर्तमान कार्यसमितीका सदस्य बसन्त ढकाल निर्विरोध चयन भएका छन्।

यस अघि वर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष माधव पौडेल अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भैसकेका छन्। निर्वाचन आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्ष पदमा जिबकान्त काफ्ले र कोषाध्यक्ष पदमा हिरामणी भटराई निर्विरोध भएका छन्।

त्यसैगरी महिला सचिव पदमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ। यसका साथै आजिबन सदस्य तर्फ माधव नेपाल संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी खुल्ला तर्फ रहेको ८ जना खुल्ला सदस्यहरुमा प्रेम आले,लाल प्रसाद बस्याल,राजु घिमिरे,बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल,लाल बहादुर थापा र नेत्र रुचाल निर्वाचित भएका छन्। भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेले निर्विरोध निर्वाचित भएका छन्।

नेकपा एमालेका उपमहासचिव एवं पुर्व उपप्रधानमन्त्री बिष्णु पौडेलले शनिबार संघको ४३ औँ साधारणसभा तथा २२ औँ अधिवेशनमा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।