१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौँ । चालू आर्थिक वर्षमा २०७८/७९ मा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ बिहीबार सार्वजनिक गर्दै बैङ्कले अघिल्लो आवको तुलनामा नेपालको वृद्धिदर १.८ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

Advertisement

खोप अभियानले गति लिएको तथा पर्यटन र वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको सुधारले वृद्धिदरलाई सहयोग पुर्याउने बैङ्कले जनाएको छ । यद्यपि सन् २०२२ मा नेपालले हासिल गर्ने वृद्धिदर कोभिड–१९ पूर्वको भन्दा तल नै रहने बैङ्कले उल्लेख गरेको छ ।
यसअघि एसियाली विकास बैङ्कले चालू आवमा नेपालले ४.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले भने चालू आवमा ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

दक्षिण एसियाली मुलुकको औसत वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण रहेको छ । जसमध्ये माल्दिभ्सले सबैभन्दा धेरै ११ प्रतिशतको वृद्धिदर हासिल गर्ने बैङ्कको अनुमान छ । त्यस्तै भारतको ७.५, बङ्गलादेशको ६.४, भुटानको ३.६, पाकिस्तानको ३.४ र श्रीलङ्काको सबैभन्दा कम २.१ प्रतिशत रहने विश्व बैङ्कले गरेको छ । विश्वव्यापी रूपमै आएको अर्थतन्त्र सुधारको लहर दक्षिण एसियामा समेत देखिएको बैङ्कले देखाएको छ तर अर्थतन्त्रमा आएको सुधार कमजोर रहेको र कतिपय देश कोभिड–१९ पूर्वको प्रवृत्तिभन्दा टाढा रहेको बैङ्कले जनाएको छ ।

नेपालको अर्थतन्त्रको सुधार निरन्तर आर्थिक गतिविधि तथा खोप कार्यक्रममै निर्भर रहने पनि बैङ्कको निष्कर्ष छ । कोभिड महामारीले देशहरूलाई सङ्कटबाट सुधारतर्फ जाने तरिकाबारे योजना बनाउन अवसर प्रदान गरेको विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जेर्भोसले बताए । नेपालले हालै मात्र निजी क्षेत्रसमेतको सहभागितामा हरित तथा समावेशी विकासका लागि काठमाडौँ घोषणापत्र जारी गरेको र यसले साना तथा मझौला व्यवसायमा हरित लगानी भित्रयाउन र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे