ताजा अपडेट »

कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण

शुक्रबार, २२ असोज २०७८, ०९ : ११
10 Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ।तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।कांग्रेस नेता पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । क्रियाशील सदस्यता छानविन समिति सदस्य रहिसकेका पौडेलले केहि दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।