२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गएराति पाँचथर जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ ।स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचना क्षतविक्षत बनेको छ ।

Advertisement

अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू, अस्पतालका झ्याल ढोकासहित बाहिरी संरचनामा क्षति पुगेको हो । जिल्ला अस्पतालका अधिकांश झ्याल ढोका तोडिएपछि ढुङ्गा र इटाले लागेर अस्पतालभित्रका संरचनामासमेत क्षति पुगेको छ । जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इटा, काठ, मुढा, रडको खात लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैंचा पनि क्षतविक्षत भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिँजो विहान निधन भएपछि आफन्त र अन्य स्थानीयले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै विरोधमा उत्रेका थिए । विहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकायहरु तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो ।

अस्पताल क्षेत्र तनावग्रस्त भए पनि प्रशासनले अस्पताललाई नियन्त्रणमा नराख्दा भौतिक संरचनामा ठूलो क्षति हुनुका साथै स्वास्थ्यकर्मीहरु हतोत्साहित हुने स्थिति सिर्जना भएको हो । आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाई लागेको थियो । रातभरजसो फिदिममा चोकहरुमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो । 

अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिक कक्षसमेत सहज रुपमा सञ्चालन हुनसक्ने अवस्था छैन । अस्पतालमाथि थप आगजनीको खतरा भएपछि सुरक्षाकर्मीको बाक्लो पहराले अस्पतालको सुरक्षा गरिरहेको छ ।

आज विहान समस्या समाधानका लागि जिल्ला प्रशासनमा छलफल गरेर बालिकाको शव बुझ्ने तथा घटनाको छानविन गर्न समिति गठन गर्ने सहमति भएको छ । यस्तै अस्पताल प्रशासनले बालिकाको काजक्रिया खर्चका लागि रु. ४० हजार रकम उपलब्ध गराउने भएको छ ।-न्यूज कारखाना 

प्रतिकृया दिनुहोस्

Flash News

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि