May 31, 2023
गुल्मी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका सबै नगर तथा पालिकामा अधिबेशन सम्पन्न भएको छ । असोज १९ गते जिल्लाका १२ वटै पालिकामा भएको अधिबेशन मध्ये रेसुङ्गा नगरपालिकामा स्थगन भएकोमाहिजो साझ सहमति जुटाउदै तम्घास मिलनचोकका जयश्वर पन्थिनगर सभापतिमा सर्वसम्म्स्त चयन भएका छन । जहाँ ५ जनाको दाबेदारी थियो ।
पन्थी नेपाल सरकारका अबकास प्राप्त कर्मचारी हुन ।त्यो सहित १० पालिकामा सर्बसम्मत नेतृत्व चयन भएको छ । मतदान भएको मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस सभापतिमा निर्बाचित भएका छ्न ।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल , मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल ,धुर्कोट गाउँपालिकामा हरि बहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन ,छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल , सत्यवती गाउँपालिकामा बिष्णु प्रसाद भन्डारी ( क ) र चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भन्डारी ( ख ) नेतृत्वमा पहिलो दिन नै सर्बसम्मत कार्यसमिति चयन भएको थियो।
प्रदेश र जिल्लाको अद्जिबेशन मिति दशै पछि तय गरिने जिल्ला पार्टी सचिब खिलध्वज पन्थीले बताए ।
प्रतिकृया दिनुहोस्