२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

कपिलवस्तु । शिवराज अस्पताल बहादुरगंजका डा. मुकेश चौधरी आइतबार साँझ ६ बजे अस्पताल छिरेका थिए । अस्पतालको आकस्मिक कक्षमा पाँच जना झाडा-बान्ताका बिरामी आएपछि उनी जाँच गर्न अस्पताल छिरेका थिए ।

Advertisement

उपचार गर्दागर्दै बिरामीको संख्या २१ जना पुगेको थियो । राति १० बजेसम्म झाडा-बान्ताका बिरामीले अस्पताल भरिए । शिवराज अस्पतालमा तीन जना चिकित्सकको दरबन्दी रहेको छ तर नियुक्त भएका चौधरी एक्ला चिकित्सक हुन् । 

आइतबार साँझ अस्पताल पुगेका डा. चौधरी टिमसँगै उपचारमा खटिएका थिए । प्रकोप फैलिएपछि उनी बुधवार दिउँसो २ बजेसम्म नसुती उपचारमा खटिए । ‘अब निद्राले आँखा बन्द हुन लागेको छ । निरन्तर काम गर्दा ढाड पनि दुखेको छ । आइतबार साँझदेखि करिब ३०० बिरामी जाँच गरेको रहेछु । अस्पतालमा आएकामध्ये कसैको पनि मृत्यु भएको छैन । यसमा खुसी छु’, डा. चौधरीले बताए ।

३० वर्षीय चौधरी कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका- ८ मधुनगरका स्थानीय बासिन्दा हुन् । हाल अस्पतालमा उनीसहित ५६ जनाभन्दा बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । उपचारमा खटिनेमध्ये छ जना चिकित्सक, २० जना पारामेडिसिन, ३० जना नर्स र हेल्थ असिस्टेन्ट रहेका छन् । थप भएकामध्ये चार जना चिकित्सक लुम्बिनी प्रादेशिक अस्पताल र दुई जना कपिलवस्तु अस्पताल तौलिहवाबाट खटिएका छन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा झाडा-बान्ता फैलिएपछि स्थानीय सरकार र प्रदेश सरकार स्थिति नियन्त्रणको प्रयासमा रहेका छन् । अस्पतालको जनशक्ति र क्षमताले थेग्न नसक्ने भएपछि समुदायमा पुग्ने तयारी सुरु भएको छ ।

शिवराज अस्पतालमा मात्र ३०० जनाभन्दा धेरैले उपचार गराएका छन् । तीमध्ये जटिल अवस्थामा रहेका २५ जनालाई तौलिहवा र बुटवल थप उपचारका लागि पठाइएको छ । अझै पनि अस्पतालमा १४ जना जटिल प्रकृतिका बिरामीको उपचार भइरहेको छ । -न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?