ताजा अपडेट »

पौडेलको नेतृत्वमा रुपन्देही उद्योग संघमा साझा प्यानल घोषणा

बुधबार, २० असोज २०७८, १७ : १२
6 Shares

बुटवल । रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि माधव प्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल तयार भएको छ। हाल बरिष्ठ उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीहरुले साझा प्यानल तयार गरेका हुन।

संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेल सहित बरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्षमा जिवकान्त काफ्लेलाई सहमती गरिएको छ। सापकोटा हाल प्रथम उपाध्यक्ष हुन भने पराजुली द्धिप्तीय उपाध्यक्ष र काफ्ले महासचिव हुन। त्यसैगरी संघको महासचिवमा हालका कोषध्याक्ष हरी बहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणी भटराईलाई साझा उम्मेदवार बनाईने भएको छ।

त्यसैगरी संघको सचिवमा हाल कार्यसमिती सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मन्जु भुसाललाई प्रस्ताव गरिएको छ। त्यसैगरी सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ। यसका साथै एसोसिएट तर्फ सुमन बस्याल र तुल्सी गुरुृङ्ग,आजिबन सदस्य तर्फ माधव नेपाल संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली रहेका छन।

त्यसैगरी खुल्ला तर्फका सदस्यहरुमा प्रेम आले,लाल प्रसाद बस्याल,राजु घिमिरे,बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल,लाल बहादुर थापा र नेत्र रुचाल रहेका छन भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासे, शुद्धोधन गाउपालिकाबाट रमेश खनाल प्रस्ताव गरिएको छ। रुपन्देही उद्योग संघको ४३ औ साधारणसभा तथा २२ औ अधिवेशन यहि असोज २३ गतेका लागि तय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।