ताजा अपडेट »

नेपालमा थप ९६८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

मंगलबार, १९ असोज २०७८, १६ : ५५
6 Shares

बुटवल । नेपालमा थप ९६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९८ हजार ७६६ र एन्टिजेनबाट ९२ हजार ४५८ जना पुगेको छ ।

यस्तै, नेपालमा थप १ हजार ११४ जनाले कोरोना जितेका छन् । यस सँगै नेपालमा कोरोना जित्नेको कुल संख्या ७ लाख ७१ हजार ३३८ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १८० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।