ताजा अपडेट »

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार उपलब्ध गराउन आदेश

सोमबार, १८ असोज २०७८, २० : २६
4 Shares

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन त्यहाँको सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तलाई अदालतले ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो । भारतको विपद् व्यवस्थापन कानुनअनुसार कोभिड- १९ बाट ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो ।

स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा चार लाख ४९ हजार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पीडितले आवेदन दिएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिइएको बीबीसीले जनाएको छ । उक्त रकम केन्द्र र प्रदेश सरकारले उपलब्ध गराउनुपर्नेछ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।