ताजा अपडेट »

कोरोना संक्रमितको संख्या घटेन

शनिबार, १६ असोज २०७८, २० : ०७
6 Shares

लण्डन । बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् ।

बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ७८९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये छ हजार ७३३ जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशतले पहिलो खोप छन् भने ८२ प्रतिशतले दुवै खोप लगाएका छन् ।

धेरैले खोप लगाएकाले बेलायतसँगै चीन, जर्मनी, रुस, अमेरिकालगायतका धेरै देशमा दैनिकी सामान्य हुँदै गएको छ तर तीमध्ये कतिपय देशमा महामारी फैलिइरहेको छ । सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।