ताजा अपडेट »

नेपालमा थपिए ८६७ कोरोना संक्रमित, ९ जनाको मृत्यु

शनिबार, १६ असोज २०७८, १६ : ४३
12 Shares

बुटवल । नेपालमा थप ८६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ५ हजार ५९८ र एन्टिजेन विधिबाट २ हजार ६२१ जनामा परिक्षण गर्दा ८६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९६ हजार ६१८ र एन्टिजेनबाट ९१ हजार ९२९ जना पुगेको छ ।

यस्तै, नेपालमा आज १ हजार १२३ जनाले कोरोना जितेका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १५७ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।