ताजा अपडेट »

नेपालमा थपिए एक हजार १५७ कोरोना संक्रमित, ८ जनाको मृत्यु

बुधबार, १३ असोज २०७८, १७ : ०२
6 Shares

बुटवल । नेपालमा थप १ हजार १५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ जनामा परिक्षण गर्दा १ हजार १५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेनबाट ९१ हजार ३७३ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाले कोरोना जितेका छन् । यो सँगैं नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ ।

नेपालमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १२३ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।