ताजा अपडेट »

सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

मंगलबार, १२ असोज २०७८, १९ : ३३
10 Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १३ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा तीन र दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।